Logo

झाँक्रीलाई बाँस्कोटाको आग्रह– एमालेमा बस्ने मन भए सदस्यता नवीकरण गर्नुस्



काठमाडौं, २० पुष । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले नेकपा (एकीकृत समाजवादी) का नेता कार्यकर्तालाई एमालेको सदस्यता नवीकरण गर्न भनेका छन् ।

एमाले र एकीकृत समाजवादीबीच पार्टी एकताको चर्चा चलिरहेको अबस्थामा उनले एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीतर्फ लक्षित गर्दै एमालेमा बस्न, रहन मन भएकालाई खुरुखुरु सदस्यता नवीकरण गर्न भनेका हुन् ।

‘समाजवादीका पार्टी सदस्यले लम्बेचौंडे कुरै गर्नु पर्दैन । जस्लाई एमालेमा रहन मन छ, उस्ले खुरुखुरु सदस्यता नविकरण गरे भैहाल्छ,’ बुधबार उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

एमालेबाट फुटेर एकीकृत समाजवादी दर्ता हुँदा रामकुमारी झाँक्रीले अध्यक्ष माधव नेपाललाई तानेर निर्वाचन आयोगको कार्यालयमा लगेको तर्फ कटाक्ष गर्दै उनले भनेका छन्–‘अहिलेको परिप्रेक्क्षमा त्यै हो पार्टी एकताको सजिलो बिधी।राम कुमारी झांक्रीले पनि तानेरै ल्याउन चै नखोज्नु नि ! ब्यर्थै कारवाहीमा परिएला है।’



प्रतिक्रिया दिनुहोस्

Screenshot