काठमाडौं, २० पुष । हाल चलिरहेको नेपाली टी–२० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ् सम्बन्धी सूचनाहरु फैलिन थालेपछि प्रतिरक्षामा नेपाल क्रिकेट संघ(क्यान) ले विज्ञप्ति सार्वजनिक गरेको छ।
क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘म्याच फिक्सिङ्का बारेमा जानकारी भएमा प्रमाणसहित नेपाल क्रिकेट संघ वा हाल चलिरहेको नेपाल टी–२० लिगको एन्टी करुप्सन युनिटमा उजुरी बुझाउन अनुरोध छ।’
साथै, मिथ्या र भ्रामक सूचना नफैलाउन पनि क्यानले आग्रह गरेको छ ।