Logo

बागमती प्रदेशसभाको सभामुख चयनका लागि २९ गते निर्वाचन हुने



काठमाडौं, २० पुष । बागमती प्रदेशसभाका सभामुख चयनका लागि आगामी पुष २९ गते निर्वाचन हुने भएको छ । गत सोमबार बसेको प्रदेशसभाको पहिलो बैठकले सभामुखको निर्वाचनका लागि आगामी पुस २९ गते मिति निर्धारण गरेको थियो। सोही बमोजिम प्रदेशसभा सचिवालयले सभामुखको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको हो ।

नेपालको संविधान बमोजिम प्रदेशसभाको पहिलो बैठक सुरु भएको १५ दिनभित्र प्रदेश सभासदस्यहरुबाट निर्वाचित हुनेगरी सभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ ।

गत पुष १८ गतेको प्रदेशसभाको बैठकले सभामुखको निर्वाचन प्रकृया अघि बढाउन सचिवालयलाई भनेको थियो । आगामी पुस २९ गते शुक्रबार बिहान ११ः०० बजेका लागि बागमती प्रदेश सभा हलमा निर्वाचनको कार्यक्रम तय गरिएको बताइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot