Logo

महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा विशेष छुट



काठमाडौं, २१ पुष । महालक्ष्मी विकास बैंकका ग्राहकले ओम समाज डेन्टल हस्पिटलमा विशेष छुट पाउने भएका छन् । बैंकको डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले ओम समाज डेन्टल हस्पिटलको विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले हस्पिटलको ओपीडी सेवा निशुल्क, जनरल डेन्टल ट्रिटमेन्ट सेवामा १५ प्रतिशत र अर्थो थेरापी सेवामा १०प्रतिशत छुट प्राप्तगर्न सक्नेछन् ।

‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै विगत २८वर्ष देखि सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाडौँको चावहिल स्थित ओम समाज डेन्टल हस्पिटलसँग सम्झौता गरेको हो ।

सम्झौतापत्रमा बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सी र अस्पतालका तर्फबाट डा.सुभाष घिमिरेले हस्ताक्षर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्