Logo

पेट्रोलियम पदार्थको मूल्य घटाउन वाणिज्य तथा आपूर्ति सचिवलाई प्रचण्डको निर्देशन



काठमाडौं, २१ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेट्रोलियम पदार्थको मूल्य घटाउन वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिएका छन् ।

पेट्रोलियम पदार्थको उच्च मूल्यका कारण उपभोक्ता मार परेको भन्दै प्रचण्डले मन्त्रिपरिषद् बैठकलगत्तै वाणिज्य तथा आपूर्ति सचिवलाई मन्त्रालयमै बोलाएर मूल्य घटाउन निर्देशन दिएका हुन् ।

पछिल्लो समय अन्तराष्ट्रिय बजारमा पेट्रोलिय पदार्थको मूल्यमा गिरावट आएको छ । नेपाल आयल निगमलाई खाना बनाउने एलपी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थमा नाफा रहेको छ । पुष महिनामा मात्रै निगमले एक अर्वभन्दा बढी नाफा कमाएको छ ।



प्रतिक्रिया दिनुहोस्