Logo

त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन चैत ५ गते गराउने परिषद्को निर्णय



काठमाडौं, २१ पुष । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत्र ५ गते हुने भएको छ । आज बसको विद्यार्थी कल्याण परिषद्लेको बैठकले त्रिवि स्ववियु चुनाव चैत ५ गते गराउने निर्णय गरेको गरेको हो ।

परिषदको उक्त निर्णयलाई भोलि बस्ने त्रिविको कार्यकारी बैठकले अनुमोदन गर्नेछ । त्रिविको स्ववियु निर्वाचन २०६५ सालदेखि नियमित रुपमा हुन सकेको छैन । स्ववियु निर्वाचन १४ वर्षपछि हुन लागेको हो । निर्वाचनबाट त्रिविका ६२ वटा आंगिक क्याम्पसमा नयाँ नेतृत्व चयन हुने छ ।

स्ववियुले विद्यार्थीको हकहितका आवाज उठाउने, विद्यार्थीका समस्याहरु समाधान गर्ने, कार्यक्रम गर्न बजेट उपलब्ध गराउँदै आएको छ । निर्वाचनको मतदाताका रुपमा क्याम्पस भर्ना भएका विद्यार्थीहरु हुन्छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot