Logo

प्रधानमन्त्री कार्यालयका कारण गृहमन्त्री लामिछाने तनावमा



काठमाडौं, २१ पुष । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृहमन्त्रालयसँग सुरक्षाकर्मी फिर्ता गर्न अनुरोध गरेको छ । विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि विपरीत खटाइएका सुरक्षाकर्मी गृह मन्त्रालयले फिर्ता बोलाएको एक साता पनि नबित्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले अर्को व्यवस्था नहुन्जेल फिर्ता गर्न भनेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह मन्त्रालयलाई पुस १९ गते पत्र पठाउँदै प्रधानमन्त्री सचिवालय व्यवस्थापन शाखा प्रधानमन्त्री निवास बालुवाटारमा कार्यरत सुरक्षाकर्मी फिर्ता गर्न भनेको छ ।

‘तहाँ मन्त्रालय मातहत रहेको नेपाल प्रहरीका विभिन्न कार्यालयमा दरबन्दी रही यस कार्यालयका साथै प्रधानमन्त्री सचिवालय व्यवस्थापन शाखा प्रधानमन्त्री निवास बालुवाटारमा कार्यरत देहाय बमोजिमका सवारी चालकहरुलाई अर्को व्यवस्था नभएसम्मका लागि यस कार्यालयमा निरन्तर रुपमा कामकाज गर्नेगरी व्यवस्था हुन आदेशानुसार अनुरोध छ’, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयले गृहमन्त्रालयलाई लेखेको पत्रमा भनेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने गृहमन्त्री बनेसँगै गत पुष १२ गते विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्रमा फिर्ता गर्न निर्देशन दिएका थिए ।

 

 

 



प्रतिक्रिया दिनुहोस्