Logo

विदुर नगरपालिकाले दियो पृथ्वी जयन्तीमा सार्वजनिक विदा



काठमाडौं, २१ पुष । पृथ्वी जयन्तीको अवसरमा नुवाकोटको विदुर नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको जन्मजयन्ती पुष २७ मा नगरपालिकाले सार्वजनिक विदा दिने भएको हो ।

‘यस विदुर नगरपालिकाको पुस १७ गते बसेको नगर कार्यपालिकाको बैठकको निर्णयानुसार राष्ट्रिय एकीकरण दिवसको अवसरमा पुस २७ गते यस नगरपालिका कार्यालय र अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार खनालले एक सूचनामार्फत जानकारी गराएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिनुपर्ने माग सरकारसँग राख्दै आएको छ । तर, आज बसेको मन्त्रिपरिषद्को बैठकले यस विषयमा कुनै निर्णय गरेको छैन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot