Logo

रबि पक्षका दुई वकिलहरुले बहस गर्न बाँकी



काठमाडौं २२ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रबि लामिछानेको रिट निवेदनमा अन्तिम दुई जना वकिलहरुले बहस गरिरहेका छन्। रबिका तर्फबाट बहस गर्ने अधिवक्रताहरु सुशील पन्त र सुनिल पोखरेलको बहस चलिरहेको छ।

रबि सांसद् हुन अयोग्य रहेको भन्दै नागरिकता विवादमा परेको २ रिटमाथि आज सर्वोच्च अदालतमा भएको सुनुवाइ भइरहेको छ। जसमध्ये एक रिटको सुनुवाइ सकिएको छ भने अर्को रिटको सुनुवाइ हुँदैछ। रविराज बासुलाले दायर गरेको रिटको सुनुवाइ सकिएको हो।

सर्वोच्च अदालतले रिटमा मागदाबी गरिएअनुसार अन्तरिम आदेश जारी गरेमा लामिछाने सांसद र मन्त्री हुन पाउने छैनन्। अन्तरिम आदेश जारी नभएको अवस्थामा भने उनको पद यथावत् रहने छ।

कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको इजलासमा उनको मुद्धा पेशी तोकिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot