Logo

मधेश प्रदेश सरकारमा दाबी पेश गर्न आह्वान



काठमाडौं, २२ पुष । मधेश प्रदेशमा सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनका लागि संविधानको धारा १६८ (२) बमोजिम पुष २८ गतेसम्मको समय दिएर दाबी पेश गर्न भनेका हुन् ।

मधेश प्रदेशमा कुनै पनि दलको बहुमत नभएसँगै दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीको दाबी पेश गर्न भनिएको छ ।

मधेश प्रदेशमा नेकपा एमाले २३ सिटसहित पहिलो पार्टी रहेको छ । त्यसैगरी, नेपाली कांग्रेुस २२, जनता समाजवादी पार्टी १६, जनमत पार्टी १३, लोसपा ९, माओवादी केन्द्र ९, एकीकृत समाजवादी ७, नागरिक उन्मुक्ति पार्टी, राप्रपा र नेपाल संघीय समाजवादी १–१ र पाँच स्वतन्त्र सांसद छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot