Logo

सरकारको न्यूनतम साझा कार्यक्रमले पायो पूर्णता



काठमाडौं, २२ पुष । सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ । एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित सस्यौदा कार्यदलले सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएको हो ।

कार्यदलले भोलि दलका शीर्ष नेतालाई तयार भएको साझा कार्यक्रम बुझाउने र सम्भवतः भोलिनै कार्यक्र सार्वजनिक गरिने बताइएको छ । कार्यक्रममा सबैदलका एजेण्डालाई समेट्ने कोसिश गरिएको र जनमुखी कार्यक्रम आउने बताइएको छ । साझा कार्यक्रममा आर्थिक समृद्धि र विकासलाई जोड दिई अर्थतन्त्रलाई लयमा फर्काउन पहल भएको बताइएको छ ।

गत पुष १४ गते बसेको सत्ता साझेदार दलको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउन कार्यदल गठन गरेको थियो । कार्यदलमा अर्थमन्त्री पौडेलसहित माओवादीबाट वर्षमान पुन, रास्वपाबाट मुकुल ढकाल र राप्रपाबाट धवलशमशेर राणा र जसपाबाट रकम चेम्जोङ रहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाबाट विश्वासको मत लिनुअघि नै सरकारको न्यूनतम साझा कार्यक्रम ल्याएर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई समेत सरकारमा सहभागी गराउने पक्षमा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot