Logo

देउवा निवासमा गगन र विश्वप्रकाश



काठमाडौं, २२ पुष । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक सु्रु भएको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बराहीमा सुरु भएको हो ।

कांग्रेस संसदीय दलको भोलि बस्ने बैठकका एजेण्डा तय गर्नका लागि बैठक बस्न लागेको बताइएको छ । बैठकमा उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पनि उपस्थिति रहेको छ ।

कांग्रेस सभापति देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिनिधि सभाबाट विश्वासको मत पाउनबाट रोकेर आफू प्रधानमन्त्री बन्ने दाउमा छन् । यसबीच कांग्रेसका देउवा निकट शीर्ष नेताहरुको सकृयता बढेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीको अफर गरेर प्रचण्डलाई विश्वासको मत नदिन आग्रह गरेको पनि बताइएको छ । साथै, देउवाले हिजोमात्रै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि भेटवार्ता गर्दै प्रचण्डलाई विश्वासको मत नदिन भनेका थिए ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot