काठमाडौं, २३ पुष । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पृथ्वी जयन्तीमा बिदा दिँदैमा राजतन्त्र नफर्कने बताएका छन् । सत्ता गठबन्धन दल राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष २७ पृथ्वी जयन्तीमा बिदा दिनुपर्ने माग राख्दै आएको बेला नेता बाँस्कोटाले पृथ्वी नरायण शाह नेपाल एकीकरणको आरम्भकर्ता भएकाले उनको सम्मानमा बिदा दिए हुने बताएका हुन् ।
‘पृथ्वीजयन्ती पुस २७ मा राष्ट्रिय बिदा दिने कुरा चल्दै गरेको र राप्रपाले माग गरेको सुनियो।त्यो सरकारले दिए हुन्छ।यहाँ उस्तै परे फरवरी १४ (भ्यालेन्टाइन्स डे) मा त बिदा पाउनै पर्छ भन्ने ग्रुप तयार भैराछ ।उनी त नेपाल एकीकरणका आरम्भकर्ता हुन,उनलाई सम्मान दिँदैमा राजतन्त्र फर्कने होइन,’बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन् ।