Logo

संविधानको आफूखुसी व्याख्या गर्ने प्रवृतिमा अंकुश लगायौं– माधव नेपाल



काठमाडौं, २३ पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली राजनीतिलाई सही ठाउँमा ल्यानलाई आफूले निर्णायक भूमिका खेलेको दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपाले एमालेमा रहदा आफूखुसी संविधानको व्याख्या गर्ने परम्परा रहेको र त्यसलाई अंकुश लगाउन आफूहरु सफल भएको बताएका हुन् ।

‘एमालेमा संविधानको आफूखुसी व्याख्या गर्ने प्रवृति भयो । नेपालको राजनीति गलत दिशामा जान थालेको थियो । ठीक दिशामा लैजान समयमा हस्तक्षेप गर्‍यो,’ उनले भने ।

साथै, आफूहरुको अगुवाइमा नेपाली राजनीतिले नयाँ यात्रा तय गरिसकेको उनको दाबी छ । हालै सम्पन्न मंसिर ४ को निर्वाचनमा पार्टीले प्रत्यक्षमा भोट पाएपनि समानुपातिकका कारण राष्ट्रिय पार्टी बन्न नसकेमा छलफल हुने उनले बताए । साथै, पार्टीको संगठन निर्माणमा लाग्न पनि उनले नेता कार्यकर्तालाई आग्रह गरे ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot