Logo

बिदाको दिन सरकारी सवारी साधनको दुरुपयोग गरी किनमेलमा कर्मचारी (फोटोफिचर)



काठमाडौं, २३ पुष । गृहमन्त्री रवि लामिछानेले विदाको दिन सरकारी गाडी नचढ्ने घोषणा गरेका छन् । तर, सरकारी कर्मचारी भने विदाको दिन सरकारी नम्बर प्लेटका सवारी साधन प्रयोग गरी किनमेलमा निस्किेको पाइएको छन् । शनिबार काठमाडौंको भृकुटी मण्डपमा एकैसाथै धेरै सवारी साधन भेटिएको हो ।

बा २ ब ८२६२, बा २ ब ७१०९, बा १ ब ९९५२, बागमती ए, एए १०६५ लगायतका सरकारी नम्बर प्लेटका बाइक एकैसाथ भेटिएका छन् । सरकारी सवारी साधनको दुरुपयोग गरी उनीहरु किनमेलमा निस्किएका हुन् । कर्मचारीले सरकारी सम्पत्तिको दुरुपयोग गरेको भनि जनस्तरबाट गुनासो आएपनि अहिलेसम्म दुरुपयोग रोकिएको छैन ।

 

Photo By Arun Karki / Reporters Nepal 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot