Logo

प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका गौतम निश्चित



विराटनगर २५ पुष । प्रदेश १ मा नेकपा माओवादी केन्द्रबाट बाबुराम गौतम सभामुख बन्ने निश्चित भएको छ । सत्ता साझेदार दलहरुबीच भागबण्डा हुँदा सभामुख माओवादी केन्द्रको भागमा परेको हो । ओखलढुंगा १ (२) बाट निर्वाचित गौतमलाई माओवादीले सभामुखका लागि अगाडि सारेको हो ।

प्रदेश १ मा आगामी पुष २८ गते सभामुखको निर्वाचन हुँदैछ । गौतम माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत हुन् । प्रदेश १ मा एमालेबाट हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot