Logo

सबै दलका सांसदसँग व्यक्तिगत रुपमा पनि विश्वासको मत माग्न पार्टीका सांसदलाई प्रचण्डको निर्देशन



काठमाडौं, २५ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै दलका सांसदसँग विश्वासको मत माग्न पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।

संसदीय दलको बैठकमा प्रचण्डले विश्वासको मतका लागि दलहरुसँग मात्र नभएर सांसदहरुसँग पनि व्यक्तिगत कुरा गर्न भनेको प्रमुख सचेतक हितराज पाण्डेले बताए । नेकपा एमालेको समर्थनमा सात दलीय गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका प्रचण्डले भोलि विश्वासको मत लिँदै छन् ।

‘उहाँले सबै दललाई विश्वासको मत लिन पहलका लागि आह्वान गर्नुभएको छ । र, सबै सांसदलाई अन्य दलका सांसदहरूसँग कुरा गर्नका निर्देशन गर्नुभएको छ,’ पाण्डेले भने ।
साथै, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) सहितका दलहरु पनि प्रचण्डलाई विश्वासको मत दिन सकारात्मक रहेको बताइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot