Logo

सुदूरपश्चिममा नागरिक उन्मुक्तिले सत्ता गठबन्धनलाई समर्थन गर्ने



काठमाडौं, २६ पुष। सुदूरपश्चिम प्रदेश सरकार निर्माणमा नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनलाई समर्थन गर्ने भएको छ।

यसअघि सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दाबी गरिरहेको नागरिक उन्मुक्तिले अब सत्ता गठबन्धनलाई समर्थन गर्ने भएको हो।

उन्मुक्ति पार्टीको समर्थनसँगै सुदूरपश्चिममा एमालेका राजेन्द्र रावल मुख्यमन्त्री बन्ने भएका छन्। सत्तारूढ गठबन्धनले सुदूरपश्चिमको मुख्यमन्त्री एमाले र माओवादी केन्द्रबीच आलोपालो गर्ने सहमति गरेका छन्।

सुदूरपश्चिममा मुख्यमन्त्रीमा दाबी पेश गर्न बुधबारसम्मको समयसीमा छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot