Logo

मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त



काठमाडौं, २७ पुष । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव नियुक्त भएका छन्। प्रदेश प्रमुख हरिशंकर मिश्रले जसपा संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यादवलाई ६३ जना सांसदहरुको समर्थन छ । मधेशमा जसपा र जनमत पार्टीले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति छ ।

कूल १०७ सांसद रहेको मधेश प्रदेशसभामा बहुमतका लागि ५४ सांसद आवश्यक थियो । सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, जसपा, माओवादी केन्द्र, जनमत पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदसहित ६३ सांसदले समर्थन गरेका छन्। मुख्यमन्त्रीको सपथ ग्रहण पुष २९ गते हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्