एजेन्सी । अमेरिकाको टेनेसी प्रहरी चौकीमा कार्यतरत एक महिला प्रहरीले सात सहकर्मी प्रहरीसँग यौनसम्बन्ध राखेको आरोपमा पक्राउ परेकी छिन्।
सो कार्यमा संलग्न चार प्रहरीलाई जागिरबाट बर्खास्त गरिएको छभने तीन प्रहरीलाई निलम्बन गरिएको छ। न्यूयोर्क पोष्टका अनुसार ला भर्गनका मेयर जेसन कोललाई उनको बारेमा कसैले सूचना दिएको थियो। त्यसपछि अधिकारीहरूले उनीहरुमाथि अनुसन्धान थालेका थिए।
गत डिसेम्बर महिनामा गरिएको अनुसन्धान अनुसार उनले आफ्ना सहकर्मी प्रहरीहरुसँग प्रहरी चौकी, पार्टी र होटलमा यौनसम्बन्ध राखेका थिए। उनले यसका साथै अन्य अश्लिल गतिविधि पनि गरेका थिए। बर्खास्त गरिएका एक प्रहरीसँग सोधपुछमा उनले सबै कुराहरु बताएका थिए।
अनुसन्धान अधिकारीहरुले जब ती महिला प्रहरीलाई सोधे तब उनले पनि सम्बन्ध राखेको कुरा स्विकारेकी छिन्।
तस्बिर : La Vergne Police Department