Logo

नेपाल टी-२० लिग : लुम्बिनीले दियो १३४ रनको लक्ष्य



काठमाडौं, २७ पुष । नेपाल टी-२० लिगअन्तर्गत फाइनल खेलमा लुम्बिनी अल स्टार्सले बिराटनगर सुपर किंग्सलाई १३४ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ् रोजेको लुम्बिनीले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १३३ रन मात्र जोड्न सक्यो।

लुम्बिनीका लागि लाहिरु मिल्नटाले २७ बलमा ४१ रन जोड्दा हरमित सिंहले १८ बलमा ३० रन जोडे।

बिराटनगरका लागि राज नन्न र नन्दन यादवले समान २/२ विकेट लिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot