काठमाडौं, २७ पुष । सुदूरपश्चिम प्रदेशको सभामुख पदका लागि नेपाली कांग्रेसको तर्फबाट मानबहादुर रावलले उम्मेद्वारी दिएका छन्।
रावलको समर्थकमा मेघराज खड्का रहेका छन् भने प्रस्तावकमा पृथ्वीबहादुर सिंह रहेका छन्।
यस्तै सत्तागठबन्धबाट पनि उम्मेद्वारी दिने तयारी रहेको छ। सत्तागठबन्धको केन्द्रीय सहमति अनुसार सुदूरपश्चिम प्रदेशको सभामुख पद माओवादीको भागमा परेको थियो।