Logo

लुम्बिनीको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त



काठमाडौं, २७ पुष । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता लिला गिरी नियुक्त भएका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

कूल ८७ सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि ४४ सांसदको समर्थन आवस्यक पर्छ । गिरीले बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर ५८ सांसदको हस्ताक्षर सहितको समर्थन दाबी पेश गरेका थिए । गिरीलाई एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका ३–३ र स्वतन्त्र २ जना सांसदले समर्थन गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्