Logo

कर्णालीमा माओवादी र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने



काठमाडौं, २७ पुष । कर्णाली प्रदेश सभामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । केन्द्रीय सत्ता गठबन्धनले कर्णालीमा माओवादीलाई एकलौटी पाँचै वर्ष सरकार सञ्चालन गर्ने निर्णय गरेपनि एमालेले त्यसमा असहमति जनाएको हो ।

अब सुरुमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा साढे दुई र त्यसपछिको अर्को चरणमा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्ने छन् ।

हिजो बसेको एमाले प्रदेश संसदीय दलको बैठकले सरकारमा सहभागी हुने बारे सम्पूर्ण निर्णय लिनका लागि संसदीय दलका नेता कँडेललाई जिम्मेवारी दिएको थियो । सहमति पछि माओवादी संसदीय दलको नेता शर्मा आजै प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी पेश गर्ने तयारीमा रहेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्