काठमाडौं, २८ पुष । कर्णाली प्रदेशको मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनले बुधबार प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका थिए।
यस्तै एमालेका विनोदकुमार शाह र माओवादीका मंगल शाहीले पनि बिना विभागीय मन्त्रीकोरुपमा सपथ ग्रहण गरेका छन्।
माओवादीबाट मुख्यमन्त्री भएका शर्मालाई एमाले, राप्रपा र समाजवादीको समर्थन रहेको थियो।