Logo

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेसले गल्ती सच्यायो– जगत पार्की



काठमाडौं, २८ पुष । नेकपा (माओवादी केन्द्र) का नेता एवं राष्ट्रियसभा सदस्य एवम् कानूनविद् जगत पार्कीले कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर आफ्नो गल्ती तथा कमजोरी सच्याएको दाबी गरे । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले अहिलेको लोकतान्त्रिक ‘गणतन्त्रको मूल सूत्रधार प्रचण्ड’ भएकाले उनले ल्याएको व्यवस्था सही हुने र प्रचण्ड स्वयं चाहीँ गलत हुनै नसक्ने बताएका छन् ।

‘नेपालको अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको सूत्रधार भनेको प्रचण्ड हो । जो अहिले प्रधानमन्त्री हुनुहुन्छ । प्रचण्डले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र सही हुने तर प्रचण्ड गलत कसरी हुने ? यो व्यवस्था सही हो भने प्रचण्ड सही हो’– क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षतकार कार्यक्रममा बोल्दै उनले भने । आफूहरु देशमा स्थिरता चाहने भएकाले कांग्रेसले सरकारलाई विश्वासको मत दिनु सही भएको उनको दाबी छ । यसलाई अन्य दृष्टिकोणबाट भन्दापनि सकारात्मक ढंगले सोेच्न उनले आग्रह गरे । कांग्रेसले विश्वासको मत दिएर देशलाई स्थिरतातर्फ लैजान सहयोग पुर्याएको उनको दाबी छ ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot