Logo

संसद् प्रतिपक्षविहीन भइसकेको छैन– डा.रुद्र शर्मा



काठमाडौं, २८ पुष । संविधानविद् डा.रुद्र शर्माले संसद् प्रतिपक्षविहीन नभइसकेको बताएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले संसद्मा दुई सांसद प्रतिपक्षमा रहेको स्मरण गर्दै अहिले सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्न मिल्ने कि नमिल्ने भन्ने प्रश्न खडा भएको बताएका हुन् ।

‘नेपालको संविधानअनुसार यो संसदीय प्रणालीमा सत्ता पक्ष र प्रतिपक्षको व्यवस्था छ । नेपाली कांग्रेसले अहिलेको सरकारलाई समर्थन गरेपछि संसद् प्रतिपक्षविहीन भयो भन्नेजस्ता कुरा सुनिन्छ, त्यो सत्य होइन् । दुई राजनीतिक दलहरु प्रतिपक्षमै छन् । नेपाली कांग्रेसले पनि प्रतिपक्षमा बस्छु भनेको छ । संसद् प्रतिपक्षविहिन भएको अवस्था होइन । सरकारलाई समर्थन गरेर प्रतिपक्षमा बस्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न चाहीँ उठेको हो,’ क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षतकार कार्यक्रममा बोल्दै उनले भने ।

सरकारलाई समर्थन गर्ने राजनीतिक दल र सरकारमा सहभागी हुने राजनीतिक दललाई नेपालको संविधानले सत्ता पक्षको रूपमा नै लिएको उनले बताए । तर, कुनै दलले सरकारमा सहभागी हुन्न तर सरकारलाई समर्थन गर्छु भन्यो भने सरकारलाई समर्थन गर्ने दल र सरकारमा सहभागी हुने दलको हैसियत फरक–फरक हुने उनको दाबी छ ।

उनले अहिले नेपाली कांग्रेसको हैसियत सरकालाई समर्थन गर्ने र सरकारमा सहभागी नहुने निर्णय गरेकाले संविधानले प्रष्ट रुपमा नभनिसकेको अवस्थामा अभ्यास, आवश्यकता र नैतिकताको हिसाबले यसलाई सकारात्मक रुपमा हेर्न आग्रह गरे । सत्ता पक्षमा बस्ने कि प्रतिपक्षमा बस्ने भन्ने कुरा सम्बन्धित दलको निर्णय नै प्रमुख हुने उनको भनाई छ । नेपाली कांग्रेसले गरेको निर्णयलाई संविधानअनुसार गलत भन्न नमिल्ने उनको धारणा छ ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot