Logo

कांग्रेस सरकारमा नगए प्रतिपक्षकै रुपमा रहन्छ– केदार कार्की



काठमाडौं, २८ पुष । वरिष्ठ अधिवक्ता केदार कार्कीले कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएर कुनै ठूलो गल्ती नगरेको दाबी गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले कांग्रेसले सरकारलाई समर्थन दिएर सरकारमा जाँदै गर्दा कांग्रेस सरकार पक्ष हुने र यदि सरकारमा नगएको खण्डमा भने उ प्रतिपक्षकै रूपमा रहने उनले बताएका हुन् ।

‘कांग्रेसले समर्थन गरेर ऊ सरकारमा जान्छ भने सरकार पक्ष भयो । यदि सत्तामा जाँदैन भने ऊ प्रतिपक्षको भूमिकामा रहन सक्छ,’ क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षतकार कार्यक्रममा बोल्दै उनले भने ।

 

 

 

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot