Logo

प्रदेश १ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै



काठमाडौं, २९ पुष । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै छन् । नेकपा (एमाले) संसदीय दलका नेता कार्की एमाले, माओवादी, राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गत पुष २४ मा मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले आज दिउँसो १ बजे बस्ने प्रदेशसभामा विश्वासको मत लिँने भएका हुन् ।

कार्कीलाई एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाको १ जना सांसदको समर्थन रहेको छ । काकीले प्रदेशसभाबाट विश्वासको मत पाउनका लागि न्यूनतम ४७ सांसदको समर्थन आवश्यक पर्छ । नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त हुने व्यक्तिले धारा १६९ (४) बमोजिम पदमा नियुक्त भएको १ महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपछ

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot