Logo

कर्णालीको सभामुखमा कांग्रेसका खड्ग पोखरेलको उम्मेदवारी



काठमाडौं, ३० पुष । कर्णाली प्रदेशसभाको सभामुखमा नेपाली कांग्रेसका खड्ग पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । पोखरेलले शनिबार प्रदेश सभाको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । सत्ता गठबन्धनबाट मुख्यमन्त्रीमा नियुक्त भएको कर्णाली प्रदेशमा सभामुख एमालेको भागमा परेको थियो । एमालेले कसलाई उम्मेदवार बनाउने भन्ने अहिलेसम्म टुंगो लागेको छैन ।

प्रदेश सभाले मतदाताको नामावली प्रकाशन गरिसकेको छ । आज विहान ११ बजेदेखि बेलुका ५ बजेसम्मको समय सीमा दिएर उम्मेदवारी दर्ताको लागि भनिएको छ । कर्णालीमा सभामुख चयनका लागि भोली (आइतबार) निर्वाचन हुने कार्यतालिका छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot