एजेन्सी । अमेरिकाको दक्षिण मध्यराज्य टेक्सासमा ७० भन्दाबढी कैदीले कठोर एकान्त कारावास अभ्यासको विरोधमा भोक हडताल शुरु गरेका छन्। टेक्सास ट्रिब्युनले शुक्रबार उल्लेख गरेअनुसार उनीहरूले भोकहड्ताल गरेको तिन दिन पुगेको बताइएको छ।
टेक्सास डिपार्टमेन्ट अफ क्रिमिनल जस्टिस (टीडीसीजे) ले तीमध्ये कम्तिमा ७२ जना अझै पनि भोकै बसेको पुष्टि गरेको छ।
टिडिसीजीले विरोधीको विज्ञप्ति उल्लेख गर्दै ‘हड्ताल शान्तिपूर्ण रहने र सबैको अवस्था सुधार्नका लागि यो प्रयास गरिएको’ बताएको छ।
कारागारका अधिकारीले विरोधी सदस्यको समितिसँग भेट नगरेसम्म बन्दीले हडताल जारी राख्ने योजना बनाएका छन्।
हजारौँ कैदीलाई टेक्सासमा एकान्त कारागारमा राखिएको छ। रासस