Logo

काठमाडौंमा माघीको रौनक (फोटोफिचर)



काठमाडौं, १ माघ । काठमाडौंको टुँडिखेलमा माघीको रौनक देखिएको छ । थारू र मगर समुदायका मानिसले माघीलाई धुमधामसँग मनाउने गर्छन् । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ ।

माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । तराईका थारूले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ । थारू समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् । विवाह, यात्रा, बसाइँसराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारू समुदायमा छ ।

 

 



प्रतिक्रिया दिनुहोस्