Logo

त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना हुने



काठमाडौं, १ माघ । आज बसेको मन्त्रिपरिषद् बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय गरेको छ।

हवाई दुर्घटनामा परेकाका परिवार आफन्तलगायतले यसबाट जानकारी लिन सक्ने अर्थमन्त्री तथा सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए।

यस्तै, पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाभएपछि दुर्घटनाको छानबिन तथा जाँचबुझ आयोग पनि गठन गरेको छ।

बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको हो। उक्त आयोगलाई ४५ दिनको समय सीमा उपलब्ध गराइएको छ।



प्रतिक्रिया दिनुहोस्