काठमाडौं, १ माघ । आज बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले सबै हवाइजहाजहरूको प्राविधिक परीक्षण अनिवार्य गर्नसमेत बैठकले निर्देशन दिएको छ। त्यसको अनुगमनको जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई तोकेकोसमेत बैठकले जनाएको छ।
यस्तै, मन्त्रिपरिषद् बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय गरेको छ।
हवाई दुर्घटनामा परेकाका परिवार आफन्तलगायतले यसबाट जानकारी लिन सक्ने अर्थमन्त्री तथा सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए।
पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाभएपछि दुर्घटनाको छानबिन तथा जाँचबुझ आयोग पनि गठन गरेको छ।