काठमाडौं, १ माघ । पोखरमा आजभएको यती एयरलाइन्सको विमान दुर्घटनापरि ज्यान गुमाउने ६८ जनाको शव भेटिएको छ।
दुर्घटनापरेका यात्रुहरुको शव गण्डकी अस्पतालमा राखिएको छ भने ४ जनाको अवस्था अज्ञात रहेको र खोजी भइरहेको कास्की सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले बताए। उनका अनुसार पोखरास्थित गण्डकी अस्पतालमा ३१ जनाको शव पुर्याइएको छ।
आज बिहान काठमाडौंबाट पोखराका लागि उडेको विमानमा चालक दलका सदस्यसहित जम्मा ७२ जना यात्रु सवार रहेका थिए।