Logo

विमानमा राखिने ‘ब्ल्याक बक्स’ के हो ?



काठमाडौं, २ माघ । पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ भेटिएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले दुर्घटना भएको जहाजको ब्ल्याक बक्स भेटिएको बताएका हुन् । उक्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए । सरकारले दुर्घटना छानबिनका लागि ५ सदस्यीय जाँचबुझ समितिले बनाएको छ । जाँचबुझ समितिले ब्ल्याक बक्समा भएको रेकर्डका आधारमा दुर्घटनाको अनुसन्धान गर्ने छ ।

के हो ब्ल्याक बक्स ?

ब्ल्याक बक्स एक रेकर्डर हो । यसमा दुर्घटना हुनु २ घण्टा अघिसम्मको आवाज रेकर्ड भएको हुन्छ । विमान जस्तोसुकै दुर्घटनामा परेपनि ब्ल्याक बक्स सकुशल रहेको हुन्छ । यसमा विमानभित्रका सबै आवाज रेकर्ड भएको हुन्छ । यसबाट जहाज दुर्घटनाको कारण थाहा पाउन सकिन्छ । दुर्घटनाका बेला जहाजको अवस्था, चालक दलका सदस्यहरुले गरेको कुराकानीलगायतको रेकर्ड सुरक्षित रहेको हुन्छ । ब्ल्याक बक्स विमानको पछाडिको भागमा राखिएको हुन्छ । यो एकदमै बलियो धातु टाइटेनियमबाट बनेको हुन्छ जसलाई आगोले जलाउन सक्दैन ।

यसमा जहाजको पर्फमेन्स (उडान प्रस्तुती) र प्यारामिटरको (जहाज सञ्चालनको सिमा) लगायत रेकर्ड रहेको हुन्छ । दुर्घटनामा परेको जहाजको एयरस्पिड, उचाई, भर्टिकल एक्सिलेरेसन र इन्जिनमा इन्धनको प्रवाह लगायतको जानकारी ब्ल्याक बक्सबाट थाहा हुन्छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot