Logo

यती एयर दुर्घटना– शव पहिचानका लागि फरेन्सिक विज्ञ पोखरा जाँदै



काठमाडौं, २ माघ । यती एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि काठमाडौंबाट फरेन्सिक विज्ञ पोखरा पठाइने भएको छ ।

दुर्घटना भएको विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए । दुर्घटनामा परेका ७२ जनामध्ये ६८ जनाको शव भेटिएको छ । भेटिएको शवमध्ये २६ जनाको पहिचान खुलेको छ । बाँकी शवको पहिचान गर्न दुई जना फरेन्सिक विज्ञ पठाउन लागिएको हो । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा.गोपाल चौधरी र डा. समारिका दाहाल पोखरा जान लागेको बताइएको छ ।

 

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot