Logo

बालकोटबाट फर्किए प्रचण्ड, मन्त्रिपरिषद् आजै विस्तार हुने



काठमाडौं, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका प्रधानमन्त्री प्रचण्ड ५ घण्टा लामो छलफल सकेर भर्खरै बाहिरिएका छन् ।

ओली निवास बालकोटबाट बाहिरिनेक्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिकृया दिँदै उनले आज मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् ।प्रचण्ड गत पुष १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । यतिलामो समयसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा गठबन्धनका दलबीच आशंकाको वातावरण सिर्जना भएको छ ।

सरकारलाई विश्वासको मत दिने नेपाली कांग्रेससँग पनि भोलिसम्ममा छलफल हुने प्रचण्डले बताए । सभामुख, उपसभामुख लगायतमा भोलि टुंगो लाग्ने भएको हो । कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएसँगै सत्तागठबन्धनको सबैभन्दा ठूलो दल एमालेले प्रचण्डमाथि आशंका गरिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot