Logo

गण्डकीको उपसभामुखमा एमालेकी थापा निर्वाचित



काठमाडौं, २ माघ । गण्डकी प्रदेशसभाको उपसभामुखमा नेकपा (एमाले) की बिना थापा निर्वाचित भएकी छन् । उनी ३२ मत ल्याएर उपसभामुखमा निर्वाचित भएकी हुन् ।

थापालाई सत्ता गठबन्धनका दलहरुको समर्थन थियो । थापाले एमालेका २२, माओवादीका ७, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेको १ गरी ३२ मत पाएकी छन् । त्यसैगरी, कांग्रेसकी उम्मेदवार पार्वती तामाङले २६ मत पाइन् । सभामुखमा गत पुष ३० मै माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भइसकेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot