Logo

बागमतीका मुख्यमन्त्री जमकटेलले आज विश्वासको मत लिँदै



काठमाडौं, ३ माघ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकटेलले आज विश्वासको मत लिँदै छन् । आज अपराह्न बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री जमकटेलले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

कूल ११० सदस्यीय प्रदेशसभामा जमकटेलले मुख्यमन्त्रीमा नियुक्त हुँदा ७० सांसदको समर्थन प्राप्त गरेका थिए । प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपा १३, नेकपा (एकीकृत समाजवादी) का सात, नेककिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सदस्य छन् ।
जमकटेललाई एमाले, माओवादी, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot