Logo

राज्यमन्त्री बन्दै माओवादी सांसद सुशीला श्रीपाली



काठमाडौं, ३ माघ । नेकपा (माओवादी केन्द्र) ले सुशीला श्रीपालीलाई राज्यमन्त्री बनाउने भएको छ । श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री बनाउन लागिएको हो । सत्ता गठबन्धनमा भएको सहमति अनुसार माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच वटा मन्त्रालय पाउने छ । माओवादीबाट नारायणकाजी श्रेष्ठ उप्रधान तथा भौतिक पूर्वाधारमन्त्री बनिसकेका छन् ।

त्यसैगरी, सुदन किराँतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । श्रीपाली माओवादी केन्द्रको केन्द्रीय सदस्य हुन् । उनी २०६८ सालमा दलित आयोगको सदस्य बनेकी थिइन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot