Logo

सुदूरपश्चिमका सभामुख भण्डारीले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं, ३ माघ । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले शपथ लिएका छन् । प्रदेश प्रमुख देवराज जोशीले भण्डारीलाई मंगलबार पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

भण्डारी आज विहान बसेको प्रदेश सभाको बैठकबाट सभामुखमा निर्वाचित भएका थिए । सुदूरपश्चिममा उपसभामुखको निर्वाचनको तयारी भइरहेको पनि बताइएको छ । उपसभामुख नागरिक उन्मुक्ति पार्टीलाई दिने सत्ता साझेदार दलको तयारी भएपनि नागरिक उन्मुक्तिले माग पुरा नभएसम्म सरकारमा सहभागी नहुने बताउँदै आएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot