Logo

प्रधानमन्त्री प्रचण्डले किन राखे आफैंसँग दुई मन्त्रालय ?



काठमाडौं, ३ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद विस्तार गरेका छन् । मन्त्रिपरिषद् विस्तार पछि प्रचण्ड नेतृत्वको सरकारले लगभग पूर्णता पाएको छ । प्रधानमनत्रीमा नियुक्त हुँदा प्रचण्डलाई समर्थन गरेको जनता समाजवादी पार्टी भने सरकारमा सहभागी भएन् ।

जसपासँग प्रचण्डले कुनै छलफल नै नगरी एकलौटी निर्णय गरेको आरोप अध्यक्ष उपेन्द्र यादवले लगाउँदै आएका छन् ।राष्ट्रपति, उपराष्ट्रपतिलगायतको निर्वाचनमा निर्णायक शक्ति मानिएको जसपालाई सरकारमा सहभागी गराउन प्रचण्डले दुई मन्त्रालय आफैंसँग राखेको बुझिएको छ । प्रधानमन्त्री प्रचण्डले वन तथा वातावरण, युवा तथा खेलकुद मन्त्रालय आफूसँगै राखेका हुन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot