Logo

लुम्बिनीको सभामुखमा माओवादीका घर्ती र उपसभामुखमा राप्रपाकी खाण निर्विरोध



काठमाडौं, ३ माघ । लुम्बिनी प्रदेशसभाको सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाण केसी निर्विरोध भएका छन् ।

सोमबार अन्तिम समयसम्म सभामुखमा माओवादीका घर्ती बाहेक अरु कसैले मनोनयन दर्ता नगराएपछि उनी निर्विरोध भएका हुन् । उपसभामुखमा कांग्रेस र नागरिक उन्मुक्तिबाट पनि उम्मेदवारी दर्ता गराएका थिए । तर, आज अरु उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot