Logo

यस्तो देखियो उर्जा मन्त्रीको पदभार ग्रहण (फोटोफिचर)



काठमाडौं, ३ माघ । उपप्रधान एवं उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनले शपथ लगत्तै पदभार ग्रहण गरेका छन् । लिङ्देनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । उनलाई मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए ।

पदभार ग्रहणसँगै मन्त्री लिङदेनले पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मुलुकको आवश्यक्ता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्यसम्पादन गर्न पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्ने उनले पहिलो निर्णय गरेका छन् । त्यसका लागि तीन सदस्यीय कार्यदल बनाउने उनले बताएका छन् ।

साथै, आफ्नो कार्यकाल चुनौतिपूर्ण भएपनि त्यसलाई अवसरमा परिणत गर्ने उनले बताए । ‘नेपालमा सरकारमा जानु, मन्त्री हुनु भनेको चुनौतीपूर्ण ठानिन्छ । त्यहाँ गएपछि मान्छे बिग्रिन्छ भनिन्छ । मेरा शुभेच्छुकहरुले बिहानसम्म पनि सुझाव दिइरहनु भएको थियो नबिग्रेका मानिसहरु त्यहाँ जानुहुन्न भनेर । तर, म यसलाई अवसरमा परिणत गर्छु । मलाई विश्वास छ’ उनले भने ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot