Logo

‘कर्मा’ बलिउडको सबैभन्दा लामो चुम्बन दृश्य



एजेन्सी । सन् १९३३ मा ‘कर्मा’ चलचित्रमा तत्कालीन चर्चित अभिनेत्री देविका रानी र हिमांशु राईले जोडीको भूमिका निभाएका थिए।

बलिउडको पहिलो ‘लिप लक’ र ‘बलिउडको सबैभन्दा लामो चुम्बन’भएको यस फिल्ममा दिइएको ‘किस’ दृश्यको बारेमा धेरै लेखिएको छ।

त्यो समयका अखबारहरूमा यो ‘चुम्बन चार मिनेटभन्दा लामो थियो’ भनेर लेखिएको थियो र त्यसपछि यो एक मिथक बन्यो।

हिमांशु राई र देविका रानीले सन् १९३४ मा भारतको पहिलो व्यावसायिक फिल्म स्टुडियो बम्बे टकीज स्थापना गरेका थिए। यो स्टुडियोले भारतीय सिनेमाको प्रारम्भिक दशकलाई धेरै प्रभाव पार्यो र धेरै प्रवृतिहरू सुरु गर्यो जुन आजपनि चर्चा गरिन्छ।

सन् २०२० मा बाहिरिएको एउटा पुस्तकमा यो ‘किस’ र यस जोडीको अशान्त जीवनलाई नजिकबाट खोजिएको छ।

‘द लङ्गेस्ट किसः द लाइफ एन्ड टाइम्स अफ देविका रानी’ पुस्तकले भारतीय सिनेमाको उत्कृष्ट पुस्तकका रूपमा राष्ट्रपतिबाट राष्ट्रिय चलचित्र पुरस्कार पनि प्राप्त गरेको छ।

पुस्तकका लेखक किश्वर देसाई भन्छन्, ‘फिल्म राई र देविका रानीको बिवाहको लगत्तै बनेको थियो। उनीहरू अझै प्रेममा थिए, त्यसैले भावनात्मक ‘चुम्बन’ फिल्म गर्दा अचम्मको कुरा भएन।’

उनी भन्छिन्, ‘त्यतिबेला भारतीय सिनेमाका लागि चुम्बन दृश्यहरु असामान्य थिएन किनभने भारत ब्रिटिश शासनको अधिनमा थियो र धेरैजसो फिल्महरू विदेशी दर्शकहरूका लागि बनाइन्थ्यो। सन् १९२० र १९३० को दशकका केही फिल्महरूमा ‘चुम्बन दृश्यहरु’ प्रयोग गरिएको थियो।’



प्रतिक्रिया दिनुहोस्