काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएपछि पहिलो पटक बोलाएको सर्वदलीय बैठकमा जनता समाजवादी पार्टीले बहिस्कार गरेको छ।
प्रधानमन्त्री प्रचण्डले गरेको मन्त्रिमण्डल बिस्तारप्रति असहमति राखेको जसपाले सर्वदलीय बैठक बहिस्कार गरेको हो।
प्रधानमन्त्री प्रचण्डले आज आफूलाई विश्वासको मत दिने दलहरुलाई बोलाएर धन्यावाद ज्ञापन गर्नेछन्।
साथै सभामुख र राष्ट्रपतिको निर्वाचनलगायतका विषयमा कसरी अगाडि बढ्ने भन्नेबारे दलहरुको राय बुझ्नेछन्।