Logo

वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने



काठमाडौं, ४ माघ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको कलेजे प्रत्यारोपण गरिने भएको छ । पुन लामो समयदेखि जन्डिस रोगबाट पीडित छन् । उनको कलेजो लागभग ८० प्रतिशत काम नलाग्ने भइसकेको उनलाई हेरिरहेका प्रा.डा. युवराज शर्माले बताए ।

एक कार्यक्रममा सहभागी हुन गृह जिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा समस्या आएपछि गत शनिबार हेलिकोप्टरबाट ललितपुरको सुमेरु अस्पतालमा ल्याइएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपराष्ट्रपति नन्दकिशोर पुनलगायतले पुनसँग भेट गरिसकेका छन् । कलेजो प्रत्यारोपणका लागि परिवारमा र पार्टीमा पनि छलफल भइरहेको बताइएको छ । उनी लामो समयसम्म चीनमा उपचार गराएर फर्किएका थिए ।

 

 

 



प्रतिक्रिया दिनुहोस्