काठमाडौं, ४ माघ । सभामुखमा मनोनयन दर्ता गराएपछि एमालेबाट उम्मेदवार बनेका देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुखमा आफू विजयी बन्ने र सभामुखले निर्वाह गर्नुपर्ने भूमिकामा कुनै कमी हुन नदिने बताएका छन्।
उनले भने, ‘म जिम्मेवारीमा पुग्ने निश्चित छ। हिजोका शिक्षाबाट अघि बढ्छु। तटस्थ रहेर चलाउँछु। प्रतिनिधिसभाबाट विजय भएपछि सभामुखले खेल्ने भूमिका के हुन्छ‚ त्यो भूमिकामा कम हुन दिन्न।’