Logo

कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने



काठमाडौं, ४ माघ । नेपाली कांग्रेसले सभामुखको उम्मेदवारमा ईश्वरी न्यौपानेलाई अगाडि सार्ने भएको छ । कांग्रेसको आज बसेको पार्टी पदाधिकारी बैठकमा अम्बिका बस्नेत र इश्वरी न्यौपानेको चर्चा भएपनि निर्णय भने हुन सकेको थिएन ।
न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने कुरामा लगभग सहमति जुटेको त्यसका लागि केहीबेरमा संसदीय दलका नेता शेरबहादुर देउवासहितको बैठक बस्ने बताइएको छ ।

संसदीय दलका नेता देउवा, पार्टी महामन्त्रीद्वय गगनकुमार थापा, विश्वाप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखकसहितको बैठक बसेर न्यौपानेलाई नै सभामुखको उम्मेदवार बनाउन लागिएको हो । न्यौपाने समानुपातिक सांसद हुन् ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्